शीर्षकहरू

कुमारी बैंकको ६ लाख ४१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको ६ लाख ४१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापकतर्फको ६ लाख ४१ हजार २८४ कित्ता शेयर बिक्री खुला गरेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो।

६ जना संस्थापक शेयरधनीको नाममा रहेको उल्लेखित कित्ता शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।

आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंबाट प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ।