शीर्षकहरू

कुमारी बैंकको ८ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको ८ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ८ लाख ११ हजार ७३५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । 

यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।