शीर्षकहरू

दादुरा–रुबेलाविरुद्धको   खोप अभियान आइतबारदेखि सुरु

दादुरा–रुबेलाविरुद्धको   खोप अभियान आइतबारदेखि सुरु

काठमाडौं । देशव्यापी   रूपमा   दादुरा–रुबेलाविरुद्धको   खोप अभियान आइतबारदेखि सुरु हुने भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो ।स्वास्थ्य  सेवा  विभागको  बाल  स्वास्थ्य  तथा  खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु  परेको  जानकारी  दिनुभयो  । 

 उहाँले  कोरोना  महामारीका कारण नियमित खोप लगाउन छुटेकाले दादुराको प्रकोप देखा परेको बताउनुभयो । उहाँले खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ । तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिन लागिएको हो । 

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले तराई र काठमाडौँ उपत्यकाका जिल्लामा धेरैजसो १५ वर्षमुनिका बालबालिकामा  दादुरा  देखिएकाले  यी  जिल्लामा  नौ  महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको बताउनुभयो । २०७९ मङ्सिर ३ देखि २०८० पुस १५ सम्मको तथ्याङ्क अनुसार ती जिल्लाका एक हजार ३४९ जनामा दादुरा सङ्व्रmमण पुष्टि भएको थियो । सङ्व्रmमितमध्ये एक जनाको निधन भएको छ । 

नेपालमा ३५ वर्षअघिदेखि दादुरा र ११ वर्षदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ । सरकारले सन् २०१९ मा दादुरा–रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । सो लक्ष्य प्राप्त नभएपछि पुनः २०२३ सम्ममा नियन्त्रण गर्ने अर्को लक्ष्य रोखेको थियो । डा. गौतमले ५१ जिल्लामा भने नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने बताउनुभयो । अभियानमा ५०  हजार  स्वयंसेवक  तथा  ३०  हजार  स्वास्थ्यकर्मी  परिचालित हुने छन् । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकिएको छ ।