शीर्षकहरू

वसन्त पञ्‍चमीमा अक्षरारम्भ र सरास्वती पूजा रौनक (फोटो फिचर)

वसन्त पञ्‍चमीमा अक्षरारम्भ र सरास्वती पूजा रौनक (फोटो फिचर)

काठमाडौं । आज माघ शुक्ल पञ्चमी (वसन्त पञ्‍चमी) अवसरमा वैदिक धर्मालम्बीहरूले विद्याकी देवी सरास्वतीको पूजाआजा गरिरहेका छन्‌ । बालबालिकालाई अक्षरारम्भ गराउन पनि उत्तम दिन मानिन्छ । सकेसम्म सरास्वती या महामञ्जुश्रीको मन्दिरमै पुर्‍याएर बालबालिकालाई अक्षराम्भ गराउन खोजिन्छ ।

आज बिहानैदेखि भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक क्षेत्रका हिन्दु तथा बौद्ध धर्मालम्बीका शिक्षासम्बन्धी देवीदेवताका मन्दिरमा भीडभाड छ । महामञ्जुश्री सरस्वती आफैँ उत्पत्ति भएको मान्यताअनुसार स्वयम्भूस्थित मञ्जुश्री मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । मन्दिरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक शिक्षिका बिहानैदेखि दर्शन एवं पुजाका लागि मन्दिर पुगेका छन्‌ ।

सृष्टिकर्ता ब्रह्माले आफ्नो शरीरको आधा भाग (मुख) बाट सरस्वतीको उत्पत्ति गरेको पुराणमा उल्लेख छ । मुखबाट उत्पत्ति भएको हुनाले सरस्वतीलाई वाणीकी देवी ९वाक् देवी० पनि भनिएको हो । काठमाडौंका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ, मन्दिरमा पूजाआजा गर्न भक्तजन तथा विद्यार्थीको घुइँचो लागेको छ ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, व्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले स्तुति गान गर्ने गर्दछन् ।

विद्या र सृजनाकी देवी भएकाले सबैले आ–आफ्नो घरमा पनि देवी सरस्वतीको फोटोमा पूजा गर्ने चलन छ । सरस्वतीलाई तान्त्रिकले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा पनि पुज्ने गर्दछन् ।

स्वयम्भूस्थित मञ्‍जुश्री मन्दिर र वरपरका तस्वीरहरूः