शीर्षकहरू

तेल किन्दा हिरा उपहार

तेल किन्दा हिरा उपहार

काठमाडौ । के.एल. दुगड ग्रुप अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिजले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने अफर ल्याएको छ । 

यो योजना २३ अक्टुबर २०१९ देखि लागू हुन जनाएको छ । यो अफरको नारा “सनफ्लो मा पकाऔं मिठो परिकार, साथमा पाऔं हिराको हार उपहार” रहेको छ । 

योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरेर ३१००८ मा एसएमएस गर्नुपर्नेछ । 

हरेक १५ दिनमा लक्की ड्र अन्तरगत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् ।

एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र अन्तरगत ३ महिना पश्चात अर्थात योजनाको अन्त्यमा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।

त्यस्तै हिराको नेकलेस विजेताले सनफ्लो सनफ्लावर तेल खरिद गरेको पसलले ३२ इन्चको टिभी प्राप्त गर्नेछन् । 

विजेताहरुको नाम राष्ट्रिय पत्रिकामा सार्वजनिक गरिनेछ । यो योजना शुरु भएको ३ महिनासम्म लागू हुने कम्पनीले जनाएको छ ।