शीर्षकहरू

स्वस्थानी व्रतकथाः शालीनदीमा भक्तजनको चहलपहल (फोटोफिचर)

स्वस्थानी व्रतकथाः शालीनदीमा भक्तजनको चहलपहल (फोटोफिचर)

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिनदेखि हिन्दू धर्मावलम्बीको श्री स्वस्थानी व्रतकथा शुरु हुन्छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । 

स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा शंकरापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको घुइँचो लाग्ने गर्छ । 

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।  

शनिबार शालीनदीमा देखिएका भक्तजनको चहलपहलको फोटोफिचर यहाँ हामीले प्रस्तुत गरेका छौँ: हेरौँ, फोटो फिचर