शीर्षकहरू

कुमारी बैंकको ४ लाख ५८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको ४ लाख ५८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ लाख ५८ हजार १२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । 

शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।