शीर्षकहरू

कुमारी बैंकको ४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको ४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ४ हजार ८३० कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले नन्द लाल सुवेदीको नाममा रहेको १ हजार ८१२ कित्ता र ढाल बहादुर हमालको नाममा रहेको ३ हजार १८ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

यी शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौं र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा पुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरिद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ ।