काठमाडौं । राष्ट्रिय सभा सदस्यको बिहीबारको निर्वाचन परिणामपछि माथिल्लो सदनको संरचना परिवर्तन भएको छ । निर्वाचन परिणाम अनुसार ने कपा (एमाले ) लाई पछि पार्दै नेकपा (माओवादी केन्द्र) सबै भन्दा ठुलो दल र नेपाली कांग्रेस दोस्रो ठुलो दल बने का छन् । १९ पदका लागि भएको निर्वाचनमा सत्तारूढ गठबन्धनका १८ र एमाले का एक जना उम्मेदवार विजयी हुनुभएको छ ।
परिणाम अनुसार माओवादी केन्द्रका छ जनामध्ये पाँच जना उम्मे दवार निर्वाचित भएसँगै सो दलको कुल सदस् य सङ्ख्या यसअघि एमाले को सदस् य सङ्ख्या जति नै १७ पुगे को छ । माथिल्लो सदनमा यसअघि तेस्रो ठुलो दल रहेको ने पाली कांग्रेस १६ सदस् य सङ्ख्यासहित दोस्रो ठुलो दल बने को हो । कांग्रेसका चार र माओवादीका तीन जना र ाष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । ने कपा (एमाले ) का एक उम्मेदवार निर्वाचित भए पनि सो दलको राष्ट्रिय सभामा सदस्य १० जनामा सीमित हुन पुगेको छ ।
उसको आठ जना उम्मेदवार को पदावधि सकिन लागे को मा एक जना मात्रै निर्वाचित भए । यसअघि राष्ट्रिय सभामा चौथो ठुलो दल रहेको नेकपा (एकीकृत समाजवादी) र पाँचौँ ठुलो दलमा पुगेको छ।