काठमाडौं । उच्च अदालत पाटनले ६१ किलो सुन प्रकर णका १२ आरोपितलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । जिल्ला अदालतको थुनछेक आदेशउपरको निवेदनमा सुनुवाइ गर्दै बुधबार अदालतले ६ जनालाई भने धरौटीमा रिहाको आदेश गरेको छ ।
जिल्ला अदालतले अभियोगसाथ पेस भएका २५ जनामा एक जनालाई मात्र धरौटीमा रिहाको आदेश गरेको थियो । उक्त आदे शउपर उच्चमा निवेदन दिएका १८ मध्ये १२ जनालाई थुनामै राख्न अदालतले आदेश गरेको हो । न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले १२ जनाको हकमा जिल्लाकै आदेश सदर गरेको हो ।