शीर्षकहरू

न्यूरोडमा हट्यो गञ्जागोल पार्किङ, आवतजावत सहज (फोटोफिचर)

न्यूरोडमा हट्यो गञ्जागोल पार्किङ, आवतजावत सहज (फोटोफिचर)

काठमाडौं । यात्रु र सवारीसाधन आवतजावतमै बाधा पर्नेगरी पार्किङका लागि भएको अतिक्रमण हटाइएपछि न्यूरोड क्षेत्रका सडक खुला भएका छन्‌ । काठमाडौं महानगरपालिकाले आज (मंगलबार)देखि न्यूरोड क्षेत्रका सडकबाट पार्किङ हटाएको हो ।

यसअघि सडक नै ढाकेर हुँदै आएको पार्किङ हटाउन महानगरले बिहानैदेखि नगर प्रहरी परिचालन गरेको थियो । कार्यालय समयसम्म त्यस क्षेत्रका सडकमा पार्किङ निषेध गरी महानगरले ‘नो पार्किङ’ बोर्ड राखिसकेको छ ।

यसअघि न्यूरोड क्षेत्रमा सवारीसाधन पार्किङ गर्नेहरूले अब काठमाडौं टावर (साविक पुरानो बसपार्कमा बनाइएको ठूलो भवन)को भूमिगत तल्लाको पार्किङमा स्लटमा सवारीसाधन पार्किङ गर्न पाउनेछन्‌ । पार्किङ गर्न कुनै शुल्क नलाग्ने महानगरपालिकाले जानकारी दिएको छ ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोत्रे सडकमा पार्किङ निषेध गरिएको छ ।

महानगर प्रहरीले पार्किङ निषेध गरिएका ठाउँमा सरसफाइ र सडक मर्मतको काम समेत गरिरहेका छन्‌ ।

तस्वीरहरू :