शीर्षकहरू

३६ वर्षदेखि ज्योति समूहले विक्री गरिहेको हिरो मोटरसाइकल चौधरी समूहले खोस्यो

३६ वर्षदेखि ज्योति समूहले विक्री गरिहेको हिरो मोटरसाइकल चौधरी समूहले खोस्यो

काठमाडौं । नेपालमा ३६ वर्षदेखि भारतीय हिरो मोटरसाइकलको आधिकारीक विक्रेताको रुपमा काम गर्दै आएको नेसनल जनरल मार्केटिङ (एनजीएम)बाट चौधरी ग्रुपले खोसेको छ ।  लामो समयदेखि कम्पनीका दुई पांग्रे बिक्री गर्दै आएको ज्योति ग्रुपको एनजीएमबाट अधिकृत बिक्रेता चौधरी समूहको सिजी मोटरले खोसेको छ ।

 ज्योति समुह पनि लामो समयदेखि घराइसी झगडाका कारण हिरोको प्रोडक्टको बजारीकरण गर्न सकिरहेको थिएन । भारतीय हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ प्लान्ट स्थापना गर्ने भन्दै विरगञ्जमा जग्गा समेत खरिद गरेका थिए । यस विषयमा एनजीएमका अध्यक्ष रुप ज्योतिसँग सम्पर्क गर्दा प्रतिक्रिया दिन चाहेनन् । 

हिरोको नेपाल वितरक विवाद : एनजीएमलाई नै दिन भारतमा छलफल, चौधरी ग्रुपको लगानी जोखिममा