शीर्षकहरू

कृषि विभागमा रैथाने बाली उपज प्रदर्शन (फोटोफिचर)

कृषि विभागमा रैथाने बाली उपज प्रदर्शन (फोटोफिचर)

काठमाडौं । कृषि विभाग हरिहर भवनमा रैथाने बाली उपज प्रदर्शन गरिएको छ । विभाग परिसरमा कृषि जैविक विविधता एवं रैथाने बाली उपज प्रदर्शनी गरिएको हो । 

बिहीबारदेखि शुरु भएको उक्त प्रदर्शनी एक हप्तासम्म सञ्चालन गरिनेछ । दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस एवं सप्ताहको उद्घाटन कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले गरेको हुन् । 

प्रदर्शनीमा रैथाने बाली, विभिन्न विउविजन राखिएको छ । प्रदर्शनीमा परम्परागत प्रविधिका ओखल, ठेकी, मदानी, जाँतो, फलफूल, खाद्य सामग्री, सामुदायिक उत्पादनका बीउ बैंक, राउटेले निर्माण गरेका आरी, लोपोन्मुख खाद्यान्नसमेत राखिएको छ । जसमा देशभरका कृषकहरू सहभागी छन् ।