शीर्षकहरू

बजारमा कन्दमुल किन्नेहरुको भिड (फोटोफिचर)

बजारमा कन्दमुल किन्नेहरुको भिड (फोटोफिचर)

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले हरेक वर्ष माघ १ गतेलाई माघे सङ्क्रान्तिका रुपमा मनाइन्छ । यस दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदि खाने चलन छ ।  

यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी परिकारमध्ये तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ । तरुलमा प्रोटिन र भिटामिन ए प्रशस्त मात्रामा पाइने भएकाले पनि यसको आफ्नै विशेषता छ ।  

माघी पर्वमा विशेष गरी तरुल र कन्दमुल बढी बिक्री हुने गर्दछ । काठमाडौं उपत्यकामा पनि तरुलको व्यापार बढेको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले पनि तरुलसंगै विभिन्न कन्दमुलको बिक्री बढेको हो ।

हेरौँ, बजारमा कन्दमुल किन्नेहरुको भिड