शीर्षकहरू

पोखराबाट  एक वर्षमा पाँच  वटा  अन्तर्राष्ट्रिय  उडान  भए

पोखराबाट  एक वर्षमा पाँच  वटा  अन्तर्राष्ट्रिय  उडान  भए

काठमाडौं । अर्बौ ऋण लगानीमा निर्माण भएर  सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय   विमानस्थलमा   एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय चार्टर  उडान भएका छन्  ।  वार्षिक  १०  लाख  हवाई  यात्रुले    सेवा  लिन  सक्ने  गरी गत २०७९ पुस १७ गते  सो  विमानस् थल सञ्चालनमा आएको  थियो  । पोखरा   अन्तर्राष्ट्रिय   विमानस्थल   नागरिक उड्डयन प्राधिकर ण कार्यालय, पोखराले  एक वर्षमा पाँच  वटा  अन्तर्राष्ट्रिय  उडान  भएको    जानकारी  दिएको  छ । गत असार  ६ गते  चीनको  छेन्दुबाट आएको   सिचवान  एयर लाइन्सले   पो खरामा  पहिलो  अन्तर्राष्ट्रिय   चार्टर    उडान   गरेको    थियो   । 

 उक्त उडानमार्फत असार  ८ र  ९ गते  पो खरामा आयो जना भएको    नेपाल–चीन   फ्रेन्डसिप   ड्र्यागन   बोटरेस फेस्टिभलमा सहभागी हुने  खेलाडी, पर्यटक र  चीन भ्रमणमा  रहेको   नेपाली  प्रतिनिधिमण्डलसमे त  गरी  ९६ जना  पोखरा  अवतरण  गरेका  थिए  । त्यसपछि भदौ  २३ गते  भुटानको  ड्रुक एयर ले  पो खरामा  दोस्रो   अन्तर्र ाष्ट्रिय  चार्टर   उडान  गरे को  थियो  । 

 भुटानको   पारो   अन्तर्राष्ट्रिय  विमानस् थलबाट  अवतर ण  गरेको   उक्त  जहाजमा  सात  जना चालकदल  सदस्य  र   तीन  जना  पर्यटक  पोखरा  अवतरण गरेका थिए । उक्त विमान भुटान फर्किंदा पो खर ाबाट ४२ यात्रु थिम्पु उडे का थिए । त्यस्तै   जाजरकोट  र   रुकुमपश्चिममा  गएको  भूकम्प प्रभावितका लागि चीन सर कार ले  पठाएको  र ाहत सामग्री बो के र  गत कात्तिक २२ गते  चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो जहाज चीनको  छेन्दुबाट पोखरा  अवतर ण  गरेका  थिए  ।