शीर्षकहरू

नेपाल वूड अन्तर्राष्ट्रिय प्रदर्शनी (फोटोफिचर)

नेपाल वूड अन्तर्राष्ट्रिय प्रदर्शनी (फोटोफिचर)

काठमाडौं । नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०८० शुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रालिको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको हो । 

आजबाट सञ्चालनमा आएको प्रदर्शनी यही आइतबार तीन दिनसम्म संचालन हुनेछ । काठ व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रसँग सम्बन्धित नवीनतम प्रविधिबारे जानकारी गराउने उद्देश्यले यो प्रदर्शनी शुरु भएको हो ।  

प्रदर्शनीमा नेपालमा उत्पादित फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसहित मेलामा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी प्रदर्शनी कक्ष छन् । 

प्रदर्शनीमा नेपाल, भारत, चीन, ताइवान, मलेसिया मुलुकका कम्पनी सहभागी छन् । नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सहज रुपमा उपलब्ध गराउने माध्यम प्रदर्शनी बन्ने आयोजकको दाबी छ ।