शीर्षकहरू

गभर्नरको विरुद्धमा अन्तरिम आदेश आएनन

गभर्नरको विरुद्धमा अन्तरिम आदेश आएनन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। शुक्रबार सर्वोच्चले दुवै पक्षको कुरा सुनेर निर्णय गर्ने बताएको छ । 

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सुनुवाइ गर्दै गभर्नर अधिकारीको समेत कुरा सुनेर मात्र निर्णय लिने आदेश गरेको छ। अधिकारी अयोग्य भएको भन्दै उनलाई निलम्बनको अन्तरिम आदेश माग गरिएको थियो।