शीर्षकहरू

नेपाल लाइफले गर्यो साढे ६९ अर्बको दाबी भुक्तानी

नेपाल लाइफले गर्यो साढे ६९ अर्बको दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत असोज मसान्तसम्ममा ६९ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दाबी भुक्तानी बापत ५ अर्ब ६८ करोड, परिपक्व दाबी भूक्तानी बापत १९ अर्ब ७८ करोड रुपैयाँ र अग्रिम दाबी भुक्तानी बापत २३ अर्ब ४४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको हो । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्तसम्ममा १३ हजार ५१२ जनाका हकवालाहरुलाई मृत्यु दाबी भुक्तानी गरिसकेको छ ।  कम्पनीले परम्परागत प्लान अन्तर्गत ११ हजार १७७ जना लाई ३ अर्ब ७१ करोड र बैदेशिक रोजगारी तर्फ २ हजार ३३५ जनालाई १ अर्ब ९७ करोड भुक्तानी गरिसकेको छ ।    

यस कम्पनीले आफ्नो दाबी प्रक्रियालाई एकदम सहज बनाएको र दावीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीलाई प्राप्त भएको मृत्यु दाबी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दावी पÞmर्छ्रयौट भईसकेको कम्पनीले जनाएको छ ।