शीर्षकहरू

यी २० देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’

यी २० देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’

एजेन्सी । इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनोले बिहीबार सो नीतिबारे जानकारी गराएका हुन् । 

“फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ”, युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । यी मुलुकहरुबाट पर्यटकहरु धेरै आउने गरेका छन् । 

आधिकारिकरूपमा लागू गर्नुअघि सो नियमावलीलाई एक महिना अगाडि नै अन्तिम रूप दिने उनले जानकारी गराएका छन् । इन्डोनेसियाले सन् २०२४ मा १ करोड ४० लाख विदेशी पर्यटकहरू भित्र्याउने गर्ने लक्ष्य राखेको छ । यदि त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्नसक्ने अपेक्षा गरिएको छ ।  

“आशा छ हामीले सो लक्ष्यमा पुग्न पर्यटक आगमनको सङ्ख्या बढाउन सक्छौँ । विशेष गरी उच्च खर्च गर्ने पर्यटकहरूलाई लक्षित गरेर स्थानीय अर्थतन्त्र सुधार गर्न सक्छौँ, “युनोले भनेका छन् । 

‘फ्रि भिसा’ पाउने देशहरुमा अष्ट्रेलिया, भारत, दक्षिण कोरिया, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, कतार, दुबई, साउदी अरब, नेदरल्याण्ड, जापान, रसिया, ताइवान, न्युजल्याण्ड, इटाली र स्पेन रहेका छन् । बाँकी दुई मुलुकहरु भने मधयु पूर्वका हुनसक्ने जनाइएको छ ।