शीर्षकहरू

नेपाल एसबिआई बैंकले पुस १३ गते बोलायो साधारण सभा

नेपाल एसबिआई बैंकले पुस १३ गते बोलायो साधारण सभा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस १३ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अपिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रूपैयाँको आधारमा कुल १० दशमलव ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कुल लाभांशमा ३ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६ दशमलव ८० प्रतिशत नगद लाभांश रहेको छ । 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले मङ्सिर २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मङसिर २८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।