शीर्षकहरू

शिवश्री हाइड्रोको पहिलो त्रैमाससम्मको आम्दानी १७ करोडभन्दा बढी

शिवश्री हाइड्रोको पहिलो त्रैमाससम्मको आम्दानी १७ करोडभन्दा बढी

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले पहिलो त्रैमाससम्म विद्युत विक्रीबाट १७ करोड १० लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट १५ करोड ५० लाख रूपैयाँभन्दा बढी मात्र आम्दानी गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले १ करोड ५९ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो ।

विद्युत विक्री आम्दानी बढेसँगै कम्पनीको खुद नोक्सानीमा पनि ७२ लाख ३५ हजार रूपैयाँमा सिमित भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनी ३ करोड ४८ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च पनि कम भएको छ । गत वर्ष १२ करोड ५७ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १० कोड ८५ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रूपैयाँ रहेको छ । जगेडा कोष रकम भने ८८ करोड ७० लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा ३ अर्ब ८८ करोड ४४ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने १३ करोड रूपैयाँभन्दा बढी रहेको छ ।

सिन्धुपाल्चोक जिल्लामा २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी कम्पनीले २०७८ साल जेठ १ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी १ रूपैयाँ ९६ पैसा प््रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३९ रूपैयाा ९२ पैसा छ ।