शीर्षकहरू

आईपीओकाे प्रस्तावसहित यूनिक हाईडेल कम्पनीले बोलायो साधारण सभा

आईपीओकाे प्रस्तावसहित यूनिक हाईडेल कम्पनीले बोलायो साधारण सभा

काठमाडौं । यूनिक हाईडेल कम्पनी लिमिटेडले पुस १३ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लबजार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सञ्चालक समितिको निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।