शीर्षकहरू

घरजग्गा र शेयरधितो कर्जा प्रवाहमा लचकता

घरजग्गा र शेयरधितो कर्जा प्रवाहमा लचकता

काठमाडौंं । मौद्रिक नीतिको समीक्षामार्फत नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जा (मार्जिन ल्यान्डिङ)लाई केही सहज बनाएको छ । साथै घरजग्गा (रियलस्टेट) कर्जा प्रवाहमा पनि केन्द्रीय बैंकले लचकता अपनाएको छ ।

शुक्रबार मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियलस्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको शेयरधितो कर्जाको जोखिमभार घटाई १२५ प्रतिशत कायम गरेको छ । यसअघि यस्तो जोखिमभार १५० प्रतिशत थियो ।

त्यसैगरी ५० लाख रुपैयाँसम्मको आवासकर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाइ ६० प्रतिशत कायम गर्ने नीति लिएको छ । यस प्रकारको नीतिगत परिवर्तनले घरजग्गा र शेयर कारोबारमा उत्साह थपिने केन्द्रीय बैंकका अधिकारीहरूले दाबी गरेका छन्‌ ।

अर्थतन्त्र चलायमान बनाउनेगरी मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत परिवर्तन गर्न गभर्नर महाप्रसाद अधिकारीलाई व्यवसायीको लबिइङमा सरकारले चर्को दबाब दिइरहेको थियो ।

स्रोतका अनुसार बिहीबार साँझमात्रै पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंक सञ्‍चालक समितिका पदाधिकारीलाई बोलाएर घरजग्गा र शेयर कारोबारमा विशेष लचिलो नीति अबलम्वन गर्न दबाब दिएका थिए । अर्थ मन्त्रालयले दिएको प्रत्यक्ष दबाबले केन्द्रीय बैंकको स्वायत्ततामाथि गम्भीर प्रश्न उठ्न सक्ने देखिएको छ ।


मौद्रिक नीति समीक्षा सार्वजनिक, ब्याजदर कटौती (पूर्णपाठ)