शीर्षकहरू

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं । सानिमा बैंकले १९ औं वार्षिकोत्सव अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

बिहीबार बिहान ११ बजेदेखि शुरु भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद व्यक्त गरे ।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरूबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

सानिमा बैंकले देशभर १३३ वटा कार्यालयहरू र १२३ वटा एटीएमबाट बैंकिङ सेवा दिइरहेको छ ।