शीर्षकहरू

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको ४७१औं बैठकले ढकाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । 

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका ढकाल यहि मंसिर २० गते बुधरबादेखि लागु हुनेगरि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत ढकाल यसअघि ज्योति विकास बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकमा आवद्ध थिए ।  

चार्टर्ड एकाउन्टेन्ट रहेका कपिल ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । उहाँ एनआईसी एसिया क्यापिटल लिमिटेड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि छन् ।