शीर्षकहरू

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड सञ्‍चालनमा

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड सञ्‍चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड सञ्‍चालनमा आएको छ । आज (बिहीबार)  आयोजना गरिएको एक औपचारिक कार्यक्रमबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कम्पनी उद्‌घाटन गरेका हुन्‌ ।

काठमाडौं जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरी माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक कारोबार थालेको हो । उद्‌घाटन कार्यक्रममा बोल्दै धितोपत्र बोर्ड अध्यक्ष हमालले धितोपत्र बजारको विकास र विस्तारका लागि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष एवं गैरआवासीय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रूपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले माछापुच्छ्रे बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पुर्वाधार तथा नियमन व्यवस्थाहरूको पुर्ण परिपालना हुने गरी व्यवसायिक, पारदर्शी र विश्वसनीय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रूपमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले आफुलाई उभ्याउन सकोस भन्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडका संचालक समितिका पदाधिकारीहरू, विभिन्न सेक्युरिजिट लिमिटेडका पदाधिकारीहरू, माछापुच्छ्रे बैंक का प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन तहका कर्मचारी लगायत उपस्थित थिए ।