शीर्षकहरू

एनसेल शेयर बिक्री प्रकरण : सीईओ जाबोर कायुमोभलाई लेखा समितिले बोलायो

एनसेल शेयर बिक्री प्रकरण : सीईओ जाबोर कायुमोभलाई लेखा समितिले बोलायो

काठमाडौं । एनसेलको ८० प्रतिशत शेयर बिक्री प्रकरणमा नेपालको एक संसदीय समितिले सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई छलफलका लागि बोलाएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकले टेलिकम कम्पनी एनसेलका सीईओ जाबोर कायुमोभलाई छलफलमा बोलाउने निर्णय गरेको हो । सदस्य सांसद्‌हरूले माग गरेपछि समितिले एनसेलका सीईओलाई नै बोलाउने निर्णय गरेको हो ।

मलेसियाली बहुराष्ट्रिय लगानी कम्पनी आजियाटा बहार्ड ८० प्रतिशत शेयर बेचेर बाहिरिएपछि बल्ल शेयर खरिदबिक्री क्रममा भएका हुनसक्ने अनयमितता र कानूनी अपरिपालनाबारे नेपालका संसदीय समितिहरूमा छलफल शुरु भएको छ ।

एनसेल नेपालमा कर छली र अनियमितताका कारण बदनाम छ । अजियाटा वि.सं. २०७२ चैत २९ गते रेनोल्ड्स होल्डिङमा रहेको युरोपेली कम्पनी टेलियाको ८० प्रतिशत शेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरी एनसेलमा प्रवेश गरेको थियो ।

त्यतिखेर नेपालको दूरसञ्‍चार प्राधिकरण र कर नियामकलाई जानकारी नै नदिई शेयर किनबेच गरी ५७ अर्ब ९० करोड पूँजीगत लाभकर छली गरेको थाहा भएको थियो ।

नेपालको अदालतले लाभकर बापतको रकम तिर्नुपर्ने फैसला गरेपछि आजियाटा अन्तरराष्ट्रिय मध्यस्थकर्ताकहाँ गएको थियो । मध्यस्थकर्ताले समेत लाभकर तिर्नुपर्ने फैसला गरेपछि आजियाटाले कर तिरेको थियो ।

पछिल्लोपटक आजियाटाले आफूसँग रहेको सबै शेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेको हो । यसरी विदेशी कम्पनीलाई शेयर बेच्दा नेपालको कानूनी प्रकृया पालना गरेरनगरेको र कर छली भएरनभएकोबारे नियमनकारी निकायका अधिकारीहरू मौनप्रायः देखिएका छन्‌ ।

आजियाटाले एनसेलको आफूसँग रहेको ८० प्रतिशत शेयर हिस्सा ५० मिलियन डलर (६ अर्ब ६५ करोड रुपैयाँ)मा बेचेको भन्दै प्रचार गरे पनि वास्तवमा ५०० मिलियन डलर ९६६ अर्ब ५० करोड रुपैयाँ० बराबर लेनदेन भएको स्रोतहरूले बताएका छन्‌ ।