शीर्षकहरू

प्रहरी भन्छ : विदेशबाट रकम पठाउँदा बैंक खातामै हुण्डी भयो

प्रहरी भन्छ : विदेशबाट रकम पठाउँदा बैंक खातामै हुण्डी भयो

काठमाडौं । नेपाल प्रहरीले विदेशमा कमाएको रकम पठाउने नाममा नेपालमा बैंक खातामै हुण्डी भएको जानकारी दिएको छ । व्यक्तिमार्फत पठाइएको रकम गैरकानूनी तवरमा नेपालमा रहेको बैंक खातामा जम्मा गराइदिने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको हो ।

प्रहरी प्रवक्ता कुवेर कडायतले वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको र सो रकम गैरकानुनी तवरमा नेपालमा रहेको बैंक खातामा जम्मा गराइदिने गरेको अनुसन्धानबाट खुलेको बताएका हुन्‌ ।

वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो ।

औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन प्रहरीले वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई पनि अनुरोध गरेको छ ।