शीर्षकहरू

सुनको मूल्यमा निरन्तर गिरावट, आज पनि ८ सयले घट्यो

सुनको मूल्यमा निरन्तर गिरावट, आज पनि ८ सयले घट्यो

काठमाडौं । केहि दिनयाता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आइतहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २९ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज ८ सय रुपैयाँले घटेको हो । मंगलबार पनि सुनको मूल्य दुई हजार ४ सय रुपैयाँले घटेको थियो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँ रहेको छ ।                        

त्यस्तै, आज चाँदीको पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।