शीर्षकहरू

सांग्रिला डेभलपमेन्ट बैंकको ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडेले ५ हजार ३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले नवराज बजगाईको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदको लागि आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीद माग नभएमा अन्य व्यक्तिलाई विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।