शीर्षकहरू

नेपाल इन्स्योरेन्सले पुस १३ गते बोलायो साधारण सभा

नेपाल इन्स्योरेन्सले पुस १३ गते बोलायो साधारण सभा

काठमाडौं । नेपाल इन्स्योरेन्सले पुस १३ गते ७५औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रूपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै रित्त विज्ञ स्वतन्त्र सञ्चालक वीर विक्रम रायमाझीलाई ४ वर्षका लागि नियुक्त गरिएकाले सो प्रस्तावलाई समेत सभाले अनुमोदन गर्नेछ ।

सर्वसाधारण शेयधरनीको तर्फबाट रित्त सञ्चालकमा दिवाकर पौडेलाई २०७९ साल चैत १ गतेदेखि मनोनित गरिएकोमा मङ्सिर १९ गते राजीनामा गरेकाले रित्त सञ्चालकमा सजल मास्केलाई बाँकी कार्यकालका लागि मनोनित गरिएको छ । मास्केलाई मनोनित गरिएको प्रस्तावलाई पनि सभाले अनुमोदन गर्ने कार्य तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २८ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मङ्सिर २७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।