शीर्षकहरू

सिटिजन्स बैंकको १९० औं शाखा इमाडोलमा सञ्चालन

सिटिजन्स बैंकको १९० औं शाखा इमाडोलमा सञ्चालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औं शाखा काठमाडौंको इमाडोलमा संचालनमा ल्याएको छ । इमाडोलमा आज आयोजित एक कार्यक्रमकाबीच बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । 

यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३८ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५२ वटा शाखाहरु संचालनमा रहेका छन् । नयाँ शाखा संचालनको अवसरमा यस शाखामा खाता खोल्दा डेविट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरुको पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५० वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७९ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।