शीर्षकहरू

राष्ट्र बैंकमा एकै वर्ष ६० अर्बको ब्रिकेट !

राष्ट्र बैंकमा एकै वर्ष ६० अर्बको ब्रिकेट !

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै वर्ष ६० अर्ब रुपैयाँभन्दा बढीका नोट धुल्याएर आगो ताप्ने ब्रिकेट बनाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा केन्द्रीय बैंकले ६० अर्ब ४० करोड ११ लाख १८ हजार ८९५ रुपैयाँ बराबरका नोटहरू धुल्याएको हो ।

बैंकले वि.सं. २०७८ फागुनदेखि झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू धुल्याउन बैंक नोट स्रेडिब एण्ड ब्रिकेटिब सिस्टम (बीएसबीएस) अपनाउँदै आएको छ ।

यो प्रविधि अन्तर्गत ‘बीएसबीएस’ मेसिनमा राखी झुत्रा नोटलाई स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने गरेको छ । राष्ट्र बैंकले अर्बौंका नोट प्रयोग नष्ट उत्पादन गरेको ब्रिकेट आगो ताप्न र चुल्हो जलाउन प्रयोग हुन्छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा ‘आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणले यस बैंकमा जम्मा गर्न/सट्टाभर्ना लिन ल्याएका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका रु.६० अर्ब ४० करोड ११ लाख १८ हजार ८ सय ९५ बराबरका नोटहरू धुल्याउने कार्य गरिएको’ उल्लेख छ ।