शीर्षकहरू

जुवातास खेलिरहेका १४ जना पक्राउ

जुवातास खेलिरहेका १४ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । टोखा नगरपालिका ३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका ७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका १२ घर भएका ५५ वर्षीय अचुत सिलवाल समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ५ सय ९५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी, काठमाडौं महानगरपालिका ३ महाराजगंजस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं चक्रपथ बस्ने काभ्रे घर भएका ६० वर्षीय ओम कृष्णश्रेष्ठ समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।