शीर्षकहरू

इष्टर्न हाइड्रोपावरले पहिलो त्रैमाससम्म कमायो एक करोड ५५ लाख नाफा

इष्टर्न हाइड्रोपावरले पहिलो त्रैमाससम्म कमायो एक करोड ५५ लाख नाफा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म इष्टर्न हाइड्रोपावर लिमिटेडले १ करोड ५५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म कम्पनीले ९९ लाख ८१ हजार रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा बढेको हो । 

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै खुद नाफा बढेको हो । गत वर्ष यस अवधिसम्म ४ करोड ५३ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ४ करोड ६६ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो । विक्री खर्च भने यस वर्ष ३६ लाख ९६ हजार रूपैयाँभन्दा बढी भएको छ । गत वर्ष ४१ लाख ८८ हजार रूपैयाँभनदा बढी विद्युत विक्री खर्च भएको थियो । यस वर्ष विद्युत विक्री खर्च कम भएकाले पनि नाफा बढ्नमा सहयोग मिलेको हो ।

वित्तीय खर्च पनि यस वर्ष घटेको छ । गत वर्ष १ करोड ५८ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ४० लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । दिर्घकालिन कर्जा ६५ करोड ६४ लाख रूपैयाँ रहेको कम्पनीको अल्पकालिन कर्जा २ करोड ४५ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ६२ करोड रूपैयाँ रहेको छ । जगेडा कोष रकम भने १४ करोड ७२ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । पहिलो त्रैमाससम्म प्रतिशेयर आम्दानी २ रूपैयाा ५१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७६ रूपैयाँ २४ पैसा रहेको छ ।