शीर्षकहरू

नेपाल पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको उक्त शेयर इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य संगठित संस्थाहरूले खरीद गर्न पाउने गरी बिक्रीमा आएको हो । 

यो शेयरको मूल्य प्रतिकित्ता २८० रूपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी मङ्सिर २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० लाख कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र मङ्सिर २७ गते विहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा खोलिनेछ ।