शीर्षकहरू

पिपुल्स पावरले हकप्रद निष्कासन गर्ने

पिपुल्स पावरले हकप्रद निष्कासन गर्ने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । 

यस कम्पनीले कोशी प्रदेश, इलाम जिल्लामा ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजना निर्माण गरी २०७९ साल मङ्सिर १२ गतेदेखि विद्युत उत्पादन तथा वितरण गरिरहेको छ । उक्त आयोजनाको नियमित मर्मत सम्भार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न आवश्यक रकम कम्पनीले हकप्रद मार्फत जुटाउन लागेको हो । 

प्रस्तावित हकप्रद शेयर निष्कासन सम्बन्धी प्रस्ताव आगामी साधारण सभाबाट पारित गर्नका लागि कम्पनीले नियामक निकाय विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिने निर्णय गरेको छ । मङ्सिर १७ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सम्बन्धी निर्णय गरेको हो ।