शीर्षकहरू

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा १८०० रुपैयाँसम्म बढ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा १८०० रुपैयाँसम्म बढ्यो

काठमाडौं । आइतबार (मंसिर १७ गते) नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । शुक्रबारको तुलनामा प्रतितोला १८०० रुपैयाँले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबारको तुलनामा प्रतितोला छापावाल सुन गत १ हजार ८०० र तेजाबी सुन १ हजार ७५० रुपैयाँले महँगिएको हो ।

गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १९ हजार र तेजाबी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज चाँदी पनि प्रतितोलामा ५ रुपैयाँले बढ्दै १ हजार ५४५ रुपैयाँ पुगेको छ ।