शीर्षकहरू

शिवम् सिमेन्ट्सद्वारा स्कुल बस र स्कुल ब्याग वितरण

शिवम् सिमेन्ट्सद्वारा स्कुल बस र स्कुल ब्याग वितरण

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले स्कुल बस र स्कुल ब्याग सहयोग गरेको छ । कम्पनीले हेटौंडा–१७ हटिया मकवानपुरस्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५ मंगलपुर चितवन स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल ब्याग वितरण गरेको हो ।   

शिवम् सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुल ब्यागहरु वितरण गरेको हो । उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामाग्रीहरुको वितरण छात्रबृत्ती कोषको स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आईरहेको छ । 

शिवम् सिमेन्ट्सले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्तीको स्थापना, न्यानो कपडा वितरण, स्कुलबस, स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, आइसोलेसन बेडको निर्माणको लागि आर्थिक सहयोग, डाईलेशिस मेसिन, अक्सिजन प्लान्टको निर्माण, एम्बुलेन्स हस्तान्तरण, सडक निर्माण, डिप ट्यूव बोरिङ, बृक्षारोपण आदी जस्ता कार्यहरु गर्दै आइरहेको छ ।