शीर्षकहरू

नेपाल हाइड्रो डेभलोपरको लाभांश घोषणा

नेपाल हाइड्रो डेभलोपरको लाभांश घोषणा

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ७ दशमलव ३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । 

गत वर्ष ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव शून्य २६३ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । 

मङ्सिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३३ करोड ५९ लाख २७ हजार रूपैयाँको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस १२ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा विहान ११ बजे हुुनेछ । 

प्रस्तावित लाभांशसँगै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मङ्सिर २४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।