शीर्षकहरू

हिमालयन र सिभिल क्यापिटल एक भए

हिमालयन र सिभिल क्यापिटल एक भए

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरे पश्चात कायम भएको हिमालयन क्यापिटल लिमिटेडले आफ्ना नामबाट एकीकृत कारोबार आज १५ मंसिर, २०८० बाट संचालन गरेको छ ।

शुक्रबार भएको एक समारोहको बीचमा हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष सुनिल प्रसाद गोर्खाली र साबिकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष भोला बहादुर बिष्टले पानसमा दिप प्रज्वलन गरि एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरे । हिमालयन  क्यापिटल  लिमिटेडले  कम्पनी  रजिष्ट्रारको  कार्यालय  बाट  १२  मंसिर,  २०८०  मा एकीकृत कारोबार संचालन अनुमति प्राप्त गरेको थियो ।

कार्यक्रममा हिमालयन क्यापिटल लिमिटेडको संचालक समितिका अध्यक्ष तथा हिमालयन बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल प्रसाद गोर्खालीले मर्चेन्ट बैंकिंग व्यवसायमा छोटो समयमा पनि नवीनतम सेवा प्रवाह गर्दै आफ्ना छुट्टै पहिचान स्थापित गरेको बताए । उनले हिमालयन क्यापिटल लिमिटेड र मर्चेन्ट बैंकिंग व्यवसायका आधुनिकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सिभिल क्यापिटल मार्केट लिमिटेडको समिश्रणबाट सकरात्मक प्रभाव सिर्जना भई ग्राहकहरुलाई प्रदान गरिने सेवा तथा सुविधाहरु अझ सबल हुन बताए । 

संस्थाल मुलत प्रविधिको माध्यमबाट आफ्नो सेवाहरुको विस्तार गर्ने र नवीनतम प्रकृतिका विशिष्टकृत लगानी कोष, खुल्लामुखी सामुहिक लगानी कोष योजना, व्यवस्थित लगानी योजना जस्ता सेवाहरु निकट भविष्यमा प्रदान गर्ने लक्ष्य राखेको ब्योहरा वहांले जानकारी गराए ।

एकीकृत कारोबार संचालन समारोहमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतअशोक समशेर जबरा, बरिष्ठ नायव कार्यकारी अधिकृतज्यूहरु, हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष तथा संचालकहरु, साबिकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष, संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, हिमालयन क्यापिटल लिमिटेडका पुर्व संस्थापक अध्यक्षको साथ बैंकका बरिष्ठ कर्मचारीहरु, क्यापिटलका कर्मचारीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।