शीर्षकहरू

सर्बिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

सर्बिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै १७ लाख १७ हजार ३ सय रूपैयाँ ठगी गरेको अभियोगमा बारा जितपुरसिमरा उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय दिपेश बास्कोटालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बास्कोटाले ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा प्याकिङको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बारा जीतपुरसिमरा उपमहानगरपालिका-१ बाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।