शीर्षकहरू

बेलायतको अर्को सहरले पनि गर्‍यो टाट पल्टिएको घोषणा

बेलायतको अर्को सहरले पनि गर्‍यो टाट पल्टिएको घोषणा

एजेन्सी। बर्मिङ्घमपछी बेलायतको अर्को सहरले पनि आफू टाट पल्टिएको घोषणा गरेको छ। त्यहाँको ऐतिहासिक नटिङ्घम सहर पनि टाट उल्टिएको घोषणा गर्ने पहिलो सहर बर्मिङ्घम कै सूचिमा औपचारिक रुपमा सामेल भएको हो ।

बेलायतको नटिङ्घम सहर लोककथा लिजेन्ड रोबिन हुडको गृह नगरी हो । प्रतिष्ठित डिजाइनर सर पल स्मिथको जन्मस्थल समेत रहेको यो सहरले बुधबार औपचारिक रूपमा आफू आर्थिक रुपमा टाट पल्टिएको घोषित गरेको छ।

नटिङ्घम सिटी काउन्सिलले यस्तो घोषणा गर्दै आफूसँग ठूलो बजेट अन्तर रहेको जनाएको हो । यसले सन् २०२३/२४ आर्थिक वर्षको लागि थप खर्च जुटाउन र सन्तुलन कायम गर्न असमर्थ रहेको जनाएको छ। यसले प्राधिकरणले खण्ड ११४ अनुरूपको सूचना जारी गरेको छ जसको अर्थ यसले कमजोर समूहहरू, सामाजिक हेरचाह र फोहोर सङ्कलन जस्ता वैधानिक सेवाहरूको लागि कोष नरहेको बुझिन्छ । यसले यस्ता कार्यमा अपवाद बाहेक सबै नयाँ खर्चहरू बन्द गर्नेछ।

नटिङ्घमलाई यस वर्ष २९.१ मिलियन अमेरिकी डलर बजेट अभाव भएको देखिएको स्थानीय समाचारहरूमा उल्लेख छ । नगर काउन्सिलले बालबालिका र वयस्कहरूको लागि सामाजिक हेरचाहको मागमा भर्खरको वृद्धि, बढ्दो घरबार विहीनता र लगातार उच्च मुद्रास्फीतिले बजेटमा थप तनाव ल्याइरहेको बताएको छ।

काउन्सिलका नेता डेभिड मेलेनले बीबीसीलाई भनेका छन् कि यो सहरले "आफ्नो बिलहरू तिर्न जारी राख्नेछ।" उनले यसअघि सहरको आर्थिक समस्यालाई केन्द्र सरकारबाट वार्षिक रूपमा १०० मिलियन पाउन्डमा विगत दशकमा अनुमानित कोषको कटौतीलाई यस्तो अवस्था सिर्जना हुनुमा दोषी रहेको बताएका छन्। बिहीबारको आफ्नो बयानमा मेलेनले चेतावनी दिए कि राज्य समर्थनको अभाव देशव्यापी समस्या हो र थप सहरहरू टाटा पल्टिन  सक्छन्।

नटिङ्घम विगत केही महिनामा आर्थिक संकटमा परेको बेलायतको पहिलो सहर होइन। सेप्टेम्बरमा लन्डन बाहिर देशको सबैभन्दा ठूलो महानगरीय क्षेत्र बर्मिङ्घमले ७६० मिलियन पाउन्ड बराबर तलबको अभावमा खण्ड ११४ सूचना जारी गरेको थियो।