शीर्षकहरू

शिवम् होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्ने

शिवम् होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्ने

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । जारी पुँजी ५ अर्ब ८० करोडको २० प्रतिशत बराबर हुने एक सय रुपैयाँका दरको एक करोड १६ लाख थान साधारण शेयरहरू जारी गरिने भएको हो । 

शिवम् होल्डिङस् लिमिटेडका सञ्चालक अध्यक्ष शिवरतन शारदाको उपस्थितिमा  सिद्धार्थ क्यापिटल लिमिटेडसँग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता गरेको छ । उपयुक्त सम्झौता अनुसार कम्पनीले सर्व साधारणमा शेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पुँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।

यस शिवम् होल्डिङग्स लिमिटेडको अधिकृत तथा जारी पुँजी ५ अर्ब ८० करोड मध्ये संस्थापकहरू तर्फ ८० प्रतिशत अर्थात् ४ अर्ब ६४ करोड र सर्वसाधारण तर्फ १ अर्ब १६ करोड शेयर पुँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको छ ।