शीर्षकहरू

उत्पादन वृद्धि १३.९ प्रतिशतसहित भारतको जीडीपी वृद्धि ७.६ प्रतिशत

उत्पादन वृद्धि १३.९ प्रतिशतसहित भारतको जीडीपी वृद्धि ७.६ प्रतिशत

एजेन्सी । भारतको कुल ग्राहस्थ उत्पादन(जीडीपी)को वृद्धि दोस्रो त्रैमासिकमा १.३ प्रतिशतले बढेर ७.६प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही त्रैमासमा यो ६.३ प्रतिशत थियो ।

जीडीपी वृद्धि भातरीय केन्द्रीय बैंक(आरबीआई)को अनुमान भन्दा १.१ प्रतिशत बढी हो। आरबीआईले दोस्रो त्रैमासिकमा ६.५ प्रतिशत रहने अनुमान गरेको थियो । सहरी उपभोग, उत्पादन र उच्च सरकारी खर्चले अपेक्षा गरेभन्दा उच्च वृद्धि भएको हो। उत्पादन वृद्धि १३.९ प्रतिशत रहेको छ भने निर्माण वृद्धि १३.३ प्रतिशत रहेको छ ।

अर्कोतर्फ, अप्रिलदेखि अक्टोबरसम्म वित्तीय घाटा बजेट बढेर ८.०४ लाख करोड रुपैयाँ पुगेको छ। यो बजेट अनुमानको ४५ प्रतिशत हो । वित्तीय घाटा लक्ष्य १७.८६ लाख करोड रुपैयाँ भारु छ। अघिल्लो वर्षको सोही अवधिमा घाटा २०२२–२३ को बजेट अनुमानको ४५.६ प्रतिशत थियो।