शीर्षकहरू

आरविवि म्युचुअल फण्ड २ को प्रति इकाई खुद मूल्य बढ्यो

आरविवि म्युचुअल फण्ड २ को प्रति इकाई खुद मूल्य बढ्यो

काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड २ को प्रति इकाई खुद मूल्य कात्तिकमा बढेको छ । असोज मसान्तसम्म ९ रूपैयाँ ८८ पैसा रहेको प्रति इकाई खुद मूल्य कात्तिक मसान्तसम्म ९ रूपैयाँ ९५ पैसा कायम भएको छ ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजनाले ८ करोड ४६ लाख ११ हजार ९२९ कित्ता इकाई जारी गरेको थियो । यो योजना २०९० साल जेठ ७ गते परिपकक हुनेछ ।

असोजको तुलनामा कात्तिकमा योजनाको खुद नोक्सानी घटेको छ । असोज मसान्तसम्म १ करोड ७२ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी कात्तिक मसान्तसम्म १ करोड १३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।

प्राप्त भइसकेको आम्दानी कात्तिकमा बढी भएकाले खुद नोक्सानीमा कमि आएको हो । असोज मसान्तसम्म १ करोड १४ लाख रूपैयाँभन्दा बढी रहेको प्राप्त भइसकेको आम्दानी रकम कात्तिक मसान्तसम्म १ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

कात्तिक मसान्तसम्म सूचीकृत तथा सूचीकृत नभएको धितोपत्रमा योजनाले गरेको लगानीको परलमूल्य ४३ करोड ५३ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने परलमूल्यभन्दा कम रहेको छ । कात्तिक मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने ४२ करोड १७ लाख रूपैयाँभन्दा बढी रहेको छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा १२ करोड ५० लाख रूपैयाँ लगानी गरेको छ ।