शीर्षकहरू

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक तर्फको ७ हजार ५७७ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र लिखित निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।