शीर्षकहरू

आरविवि म्युचुअल फण्ड १ को नोक्सानी घट्यो

आरविवि म्युचुअल फण्ड १ को नोक्सानी घट्यो

काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले कात्तिक मसान्तसम्म ४ करोड ९३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । असोज मसान्तसम्म ४ करोड ९४ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले कात्तिकमा भने खुद नोक्सानी कम गरेको हो । 

कात्तिकमा प्राप्त भइसकेको आम्दानी बढेकाले योजनाको खुद नोक्सानी घट्न सहयोग मिलेको हो । असोज मसान्तसम्म २ करोड ७२ लाख रूपैयाँभन्दा बढी प्राप्त भइसकेको आम्दानी रहेकोमा कात्तिक मसान्तसम्म ३ करोड ५ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

प्रति इकाई खुद मूल्यमा भने कुनै परिवर्तन आएको छैन् । असोज मसान्तसम्म ९ रूपैयाा २१ पैसा रहेको योजनाको प्रति इकाई खुद मूल्य कात्तिक मसान्तसम्म ९ रूपैयाँ २१ पैसानै कायम भएको छ ।

कात्तिक मसान्तसम्म योजनाले धितोपत्र दलाल कमिसन सहित सूचीकृत तथा सूचीकृत नभएका धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब १ करोड ९६ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाको धितोपत्रमा भएको लगानीको परलमूल्य भन्दा बजारमूल्य कम रहेको छ ।

कात्तिक मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य ७६ करोड ४० लाख रूपैयाँभन्दा बढी रहेको छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा १८ करोड ७५ लाख रूपैयाँ लगानी गरेको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । यो योजना २०८५ साल साउन ६ गते परिपक्क हुनेछ ।