शीर्षकहरू

अमेरिकी डलर विनियमदर बढ्यो, अन्य मुद्राको विनिमयदर के भयो ?

अमेरिकी डलर विनियमदर बढ्यो, अन्य मुद्राको विनिमयदर के भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसा पुगेको छ । आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ २८ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९५ पैसा पाइन्छ । 

 आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रूपैयाँ ०१ पैसा र बिक्रीमा ९ रूपैयाँ ०५ पैसा रहेको छ । 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ५७ पैसा र बिक्रीदर २८ रूपैयाँ ७० पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ११ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ०५ पैसा तोकिएको छ । भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७४ पैसा तोकिएको छ ।