शीर्षकहरू

बीवाइडीले ६० लाख ईभी उत्पादन गर्‍यो

बीवाइडीले ६० लाख ईभी उत्पादन गर्‍यो

काठमाडौं । चिनियाँ कम्पनी बीवाइडीले ६० लाख थान विद्युतीय सवारीसाधन (ईलेक्ट्रिक भेहीकल-ईभी) उत्पादन पूरा गरेको छ । ईभी र पावर ब्याट्री उत्पादनमा अग्रणी बीवाइडीले विद्युतीय सवारीसाधन उत्पादन र बिक्रीमा नयाँ रेकर्ड हासिल गरेको जानकारी दिएको हो ।

अक्टोबरमा मात्रै बीवाइडीले तीन लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री गरेको छ । मासिक बिक्रीमा यो नयाँ रेकर्ड हो । सन्‌ २०१० बाटै बीवाइडीले बस र ट्याक्सीजस्ता विद्युतीय सार्वजनिक यातायातका साधनहरू उत्पादन गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाएको थियो ।

बीवाइडीको विद्युतीय सार्वजनिक परिवहनका साधनहरू अब ७० भन्दा बढी देशको ४०० भन्दा बढी शहरहरूमा संचालनमा छन् । विश्वमा पहिचान बढाउँदै न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुबैमा बीवाइडीले आफ्नो पहुँच बढाएको छ ।

हाल बीवाइडीले ५८ देश र तीनका विभिन्न क्षेत्रमा प्रवेश गरी जम्माजम्मी दुई लाखभन्दा बढी गाडीहरू बिक्री गरिसकेको छ। न्यू इनर्जी भेहिकलको बजारमा थाइल्यान्ड, ब्राजिल र अन्य देशहरूमा महत्त्वपूर्ण जीत पनि हासिल गरिसकेको छ ।